
सुनसरी, २८ मंसिर । सुनसरीको कोशी गाउँपालिका–८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका(३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ ।
मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–८ स्थितमा ११ वटा बोरामा रहेको ३ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका–३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भएसँगै ओसार–पोसारमा संलग्न व्यत्तिmहरुको खोजी कार्य भइरहेको छ ।
Facebook Comments Box

