
झापा २६ पुस । झापाको मेची नगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेची नगर नगरपालिका–७, प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को। १ ख। ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तम्बुको वतन र थर खुल्न नसकेको र आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमाटमका लागि भद्रपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । स्थानीयले चिसोको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

