
झापा, २७ पुस । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगञ्ज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

