
झापा, २६ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२ बेल्टार निवासी रमेश खनाललाई आज चितुवाले आक्रमण गरी घाइते बनाएको छ।
मकैबारीमा काम गरिरहेका खनालमाथि मकैबारीमै लुकेर बसेको चितुवाले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार उक्त चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो थियो । घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको छ। खनालले प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोलातर्फ भागेको जनाइएको छ । दिनदहाडै जङ्गली जनावर गाउँमा पसेर आक्रमण गर्ने घटना बढ्दै गएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
Facebook Comments Box

