
बिर्तामोड, १ माघ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित भुतेनी खोलामा एक पुरुष मृत फेला परेका छन् ।
बिर्तामोड-१० समावेशीटोल स्थित भुतेनी खोलाको बाधमा तत्काल नामथर वतन नखुलेको करिब ५५ वर्षीय पुरुष पानीमा डुबी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको पहिचान तथा आफन्तको खोजतलास भईरहेको छ भने थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

