
झापा, १६ फागुन । नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिले झापासहित देशभरका १५ जना उम्मेद्वारलाई प्रतिनिधिसभा निर्वाचनमा समर्थन गर्ने भएको छ ।
समाजले आज झापा गाउँपालिका–४ मा पत्रकार सम्मेलननको आयोजना गरी झापाका ४ सहित १५ जना उम्मेद्वारलाई समर्थन गर्ने जनाएको हो । समाजले समर्थन गरेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रहसमेत गरिएको छ ।

नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिका अध्यक्ष स्वर्गीय मसुरुद्दिन अन्सारीका माइला छोरा अब्दुल सद्दाम अन्सारीले पत्रकार सम्मेलनमा आफ्ना स्व. पिताले समाजमा गरेका सामाजिक कार्यका बारेमा जानकारी दिँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १५ जना उम्मेद्वारलाई भोट दिन मुस्लिम समुदायलाई आह्वान गरेका हुन् ।
सामाजिक क्षेत्रमा क्रियाशील स्व. अन्सारीको २०७४ सालमा निधन भएको छोरा सद्दाम अन्सारीले बताए । स्व अन्सारीले समाजमा विभिन्न सामाजिक गतिविधि गर्दै आएका थिए । छोरा सद्दामले प्रतिनिधि सभापछि समाजको नयाँ नेतृत्व चयन गरिने भएकाले समतिका सदस्य र अध्यक्षका दाबेदार भए सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

