
झापा, १७ फागुन । इरानका सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा परी मृत्यु भएको छ ।
अमेरिका र इजरायलले गरेको संयुक्त हवाइ आक्रमणमा नेता खामेनीको मृत्यु भएको सिबीएसलाई उद्दत गर्दै बिबीसीले जनाएको छ । बिबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

खामेनी लगायत अरु ४० जना इरानी उच्च अधिकारीहरुको पनि मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण शासन व्यवस्था परिवर्तका लागि भएको र अब परिवर्तनको नयाँ अवसर इरानी जनतालाई आएको उल्लेख गर्नुभएको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गएराति बहराइन, दोहा, दुबाई र कुवेतमाथि मिसाएल आक्रमण गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

