
झापा, १८ फागुन । झापा गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलस्थित दक्षिण टटुवामारीबाट उत्तर बाहुनटोलतर्फ साईकलमा यात्रा गरिरहेका एक युवकलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आइतबार कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला पारेको छ।

प्रहरीका अनुसार नेम्वाङको साथबाट प्लास्टिकसहित ५ ग्राम ५५० मिलिग्राम (४ ग्राम ८५० मिलिग्राम प्लास्टिक बाहेक) लिसाइलो पदार्थ बरामद गरिएको हो ।
पक्राउ परेका व्यक्ति तथा प्रयोग गरिएको साईकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

