
शनिश्चरे, २१ चैत । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा पुनः रमेश समदर्शी राई चयन भएका छन् । आज भएको दोस्रो अधिवेशनले समदर्शीसहितको कार्यसमितिलाई तीन वर्षका लागि सर्वसम्मत चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा प्रेम आचार्य पुनः चयन भए भने सचिवमा केशव भण्डारी, सहसचिवमा होम अधिकारी र कोषाध्यक्षमा लिला राई चयन भएका छन् । यसैगरी, विष्णु श्रेष्ठ, नन्दलाल खतिवडा, रन्जिता खड्का, चर्तुभुज काफ्ले, योगेश दाहाल र विमला प्रधान सदस्यमा चयन भएका छन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सल्लाहकारद्वय दिपिन राई, कुमार भट्टराई, जग्गादाता कृष्ण बरालले शुभकामना व्यक्त गरेका थिए । निर्वाचन समितिमा दिपिन राई संयोजक, राजेन्द्र चौँलागाई र पर्वत पोर्तेल सदस्य रहेका थिए ।
आफ्नो धारणा राख्दै नगर प्रमुख गोम्देनले प्रेस क्लबसँग समन्वय गरेर नगरको समृद्धिका लागि सधैँ अघि बढ्ने बताएका छन् । उनले क्लबको निर्माणाधीन अधुरो भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पत्रकार महासंघका अध्यक्ष गिरीले क्लबले अघि सारेका योजनाहरुमा सहकार्य गर्दै भवन निर्माणका प्रक्रियामा आवश्यक सहयोग पुर्याउने बताएका छन् । क्लबका सचिव नरेश खातीले सञ्चालन गरेको अधिवेशनमा अतिथिहरूलाई उपाध्यक्ष प्रेम आचार्यले स्वागत गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


