
झापा, ५ बैशाख । झापामा दुई भिन्न दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् ।
झापा कमल गाउँपालिका–५ पाडाजुङगी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा काँकरभिट्टाबाट दमकतर्फ गइरहेको मे १ ख ३०६८ नम्बरको यात्रु बाहक बसमा दमक–८ का ३५ वर्षीय निर्मल कार्की चड्न खोज्दा बस अगाडि बढेपछि सोही बसको चक्काले बाँया खुट्टामा किचेर घाइते भएका छन् । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइते बोल्न नसक्ने अवस्थामा रहेको बस चालक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता, झापाको अर्जुनधारा–७ गडीस्थित शनिश्चरे खुदनाबारी सडक खण्डमा शनिश्चरेबाट खुदनाबारी तर्फ जाँदै गरेको मे४प ३८२९ नम्बरको मोसा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोसा चालक अर्जुनधारा–१ का ४० वर्षीय टंक गौतम घाइते भएका छन् ।
उनको अनुहार हात, खुट्टामा चोट लागेको छ । उनको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ ।


