
भद्रपुर, ५ बैशाख । झापाको भद्रपुरमा जंगल हात्तीले मकैबाली नष्ट पारेको छ ।
गए राति भद्रपुर–३ रंगेडाडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले भद्रपुर–४ का हिरालाल राईले १० कठ्ठा खेतमा लगाएको मकैबाली खाएर नष्ट गरेको हो । घटनास्थलमा प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि गई बुझ्दा हात्तीले एक लाख रुपैयाँ बराबर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


