झापा, १० जेठ । रुखबाट लडेर घाइते भएका झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ ।
गत जेठ ७ गते दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लिम्बु अचानक लडेर गम्भीर घाइते भएका थिए । उनको टाउको तथा छातीमा गम्भीर चोट लागेको थियो।

घाइते लिम्बुको उपचार बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा आज साँझ ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



