झापा, २८ असार । जुड बेलिङघमको दुई गोलको मद्दतमा इङल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान सम्पन्न क्वार्टरफाइनलमा सुरुआती अग्रता भने नर्वेले लिएको थियो। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इङल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो। जुड बेलिङघमले दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। यससँगै इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो।

विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने अन्तिम आठमै टुंगिएको छ । यसअघि सम्पन्न अर्को क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। अब सेमिफाइनलमा इङल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ।



