झापा, १७ साउन । नागरिकको जीउधनको सुरक्षाका लागि खटिएको प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गएराति पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए।

प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ। गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।



