
काठमाडौँ, २१ साउन । ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको हो । उपचारको क्रममा उनको बीएण्डबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
Facebook Comments Box


