
झापा, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८३ भदौ १९ गते शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र, देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली भू–भाग, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


