इलाम, १६ कात्तिक । इलाम नगरपालिका–४ छ्यारछारेमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए।

हतियार प्रहारबाट सुवासको गाला, टाउको र खुट्टामा चोट लागेको छ। घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ। उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Facebook Comments Box



