प्रवास स्थानीय खबर

स्थापना दिवसमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्वारा रक्तदान

add

शिवकुमार भुजेल
कतार, १३ साउन । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कतारको दोहास्थित हमाद हस्पिटल रक्तदान केन्द्रमा महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । ६५ जना रक्तदाताले रक्तदान गर्न इच्छुक भए पनि केहीले प्राविधिक कारणले रक्तदान गर्न सकेनन् ।

 

कार्यक्रमा महासंघ कतारमा आबद्ध ११ वटा जातीय संस्थाहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएको थिए । नेपाल मगर सघं, शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार,किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज, शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतारबाट रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

महासंघ कतारको आह्वानमा कतारमा स्थापित अन्य संघ–संस्थाहरुको समेत उपस्थिति र रक्तदानमा सहभागिता रहेको थियो । आदिवासी जनजाति महासघ कतारका अध्यक्ष देवराज राईले कार्यक्रमा उपस्थित मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।

Facebook Comments