
काठमाडौँ, ५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


