
उदयपुर, १६ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ ।
जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।


