
संखुवासभा, २२ जेठ । संखुवासभाको मादी नगरपालिका–९ फविङ स्थित पिलुवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर पाँचखपन नगरपालिका–९ की १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको छ ।
त्यस्तै, चैनपुर नगरपालिका–२ की १३ वर्षीया छोरी दिक्षा राई घाइते भएकी छिन् । जेठ २१ गते पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली खटिएको थियो । स्थानीयबासीको सहयोगमा समिक्षा लिम्बूलाई मृत अवस्थामा र दिक्षा राईलाई घाइते अवस्थामा उद्दार गरेको थियो । दिक्षा राईको बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा थप उपचार भइरहेको छ ।

Facebook Comments Box

