
भद्रपुर, ५ माघ । झापाको भद्रपुर नगरपालिका–१० सुकुम्वासी बस्ती स्थित देउनिया खोलामा एक जना पुरुष मृत फेला परेका छन् ।
आज बिहान भद्रपुर–७ का वर्ष ३६ को ताला मर्डी मृत फेला परेका हुन् । थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गइ शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोष्टमार्टमपछि शव दिउँसो मृतकका श्रीमती उर्मिला टुडुले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

