admin

झापा, ४ मंसिर । काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् । कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका हुन् । बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ । वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज…

Read More

झापा, ४ मंसिर । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुऱ्याउने ​ काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पुऱ्याउने ​काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।” उहाँका अनुसार केही स्टेसनमा दुई सय मिटरसम्म…

Read More

तित्रा‘मलाई त चुनावमा हराएर खत्तम पारे । आफ्नै पार्टीका साथीहरू पनि कति अपराधी हुँदारान् । तपाईं जस्तो बुढो पुरानो इमानदार मान्छे उठेपछि कस्ले मत दिंदैन ? तपाईं उठ्नै पर्छ भनेर उठाए । भोट माग्न जान खोज्दा तपाईंले पनि भोट मागिरहनु पर्छ ? स्वतः दिइहाल्छन् नि ! तपाईंलाई कस्ले चिनेको छैन र ! यो जाडोमा बुढो मान्छे बिरामी होइएला, रात साँझ दौडिंदा भनेर डर देखाए । यसरी भोट माग्दै हिंड्नुभयो भने पाउने मत पनि बिग्रिन्छ भनेर मलाई सुल्क्याए फटाहाहरूले । बरू अरू–अरू पार्टीसँग चुनाव त खत्रा हुँदोरहेछ । भन्ने बेलामा मित्रवत् प्रतिस्पर्धा भने, भोट हाल्ने बेलामा शत्रुवत् व्यहोरा देखाएरै छाडे ।…

Read More

सुनसरी, ४ मंसिर । सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १(०२(००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो । त्यसै गरी गढी गाउँपालिका–४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटरसाइकलमा सवार मानिसहरुले बरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती…

Read More

झापा, ४ मंसीर । झापाली पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गर्नु भएको छ । आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गर्नु भएको हो । झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गर्नु भएको थियो । पत्रकार उपचार कोषमा हालसम्म ४७…

Read More

झापा, ४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा ७, भद्रपुर र अर्जुनधारामा ४–४, विर्तामोडमा ३, मेचीनगर र कमल गाउँपालिकामा २–२, गौरादहमा १, मोरङको विराटनगरमा १९, उर्लाबारीमा २ र सुनबर्षीमा १, सुनसरीको धरानमा २, इटहरीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ…

Read More

झापा, ४ मंसिर । सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । प्रतिनिधि सभामा पेस भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानुन तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो । सरकारले दूरगामी महत्वको यो कानुन संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा गम्भीर धक्का लाग्न सक्ने विश्लेषण गरिएको छ । सरकारको सो कार्य झालझेलपूर्ण र अलोकतान्त्रिक हुने विज्ञहरूको आरोप छ । दुई वर्षसम्म लामो गृहकार्यपश्चात् तयार पारिएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान संशोधन गरेरै भए पनि सो विधेयक प्रतिनिधि…

Read More

झापा, ४ मंसिर । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्। लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने…

Read More

समाचार टिप्पणीभद्रपुर, ३ मंसिर । नेपाली कांग्रेस पछिल्लो समय आफैंभित्र पनि निरन्तर आलोचित छ । पछिल्लो दशकमा कांग्रेस आफै राम्रो भएर वा असल काम गरेर चैं होइन, सत्तामा लामो समय बस्ने मौका पाएका कम्युनिष्टहरूले चैं नराम्रो गरेका कारण जडाउरीमा सत्तामा लाभ पाइरहने दल बन्न पाइरहेको छ । २०६४ सालमा ठूलो दल बनेको माओवादीले जनअपेक्षा पूरा गर्न नसकेकै कारण २०७० सालमा कांग्रेसले ठूलो दल बन्ने अवसर त पायो; तर बहुमत हासिल गर्न सकेन भने २०७४ सालमा फेरि बाम गठबन्धनले नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ जम्मा २३ सिटमा झारेको भए पनि हालै फेरि बाम गठबन्धनमा आएको विचलनको लाभ फेरि पनि कांग्रेसलाई नै मिलिरहेको हो…

Read More

झापा, २ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ…

Read More