admin

काठमाडौँ । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार व्यहोरेको छ । त्यस्तै, जावलाखेल युथ क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित भयो । अर्को खेलमा जावलाखेलले एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए भने खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाएका हुन् । संकटाले तीन खेलमा चार अंक जोड्दा तीन…

Read More

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गर्नेबारे बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना !

Read More

१ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर उम्मेदवारका सम्पूर्ण सूचना प्रवाह गर्ने गरी चुनाव विशेष पोर्टल मेरो प्रतिनिधि डटकम सञ्चालनमा आएको छ । सूचना प्रविधिमा दखल राख्ने युवाहरुको समूहलले मतदातालाई कसलाई मतदान गर्ने भन्ने दोधारमा रहनु नपरोस् भनेर वेवसाइट सञ्चालनमा ल्याएको हो । अजयकुमार यादव‌सहितका युवा मिलेर तयार पारेको वेवसाइटमा १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको विवरण छ । उनीहरुका वैक्तिक विवरण पनि वेवसाइटमा उल्लेख गरिएको छ । उम्मेदवार प्रोफाइलको माध्यमबाट प्रतिष्पर्धीहरुबीच तुलना गर्न मिल्ने फिचर पनि वेवसाइटमा छ ।

Read More

विराटनगर, ३० असोज । प्रदेश नं १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निर्णय भएको मन्त्री केदार कार्कीले बताउनुभयो । यस्तै बैठकले सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेन रोड क्षेत्र भित्र सिसी क्यामेराको जडान…

Read More

बिर्तामोड, १२ असोज । नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालय बिर्तामोडमा स्थापना गरिएको छ । बिर्तामोडको भद्रपुररोडमा स्थापना गरिएको नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालयको उद्घाटन नेपाली कांग्रेस (विपी) का केन्द्रीय सभापति सुशिलमान शेरचनले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शेरचनले नेपाली कांग्रेस विपीको विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपीको विचारलाई स्थापित गर्ने मूल उद्देश्यका साथ नेपाली कांग्रेस (विपी) निर्माण गरेको बताए । उनले शेरबहादुर नेतृत्वको नेपाली कांग्रेसले नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा नेपाली कांग्रेस ९विपी० निर्माण…

Read More

अर्जुनधारा, १२ असोज । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी ब्रदर एफसी चन्द्रगढीलाई ३–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चन्द्रगढीले १–० गोलको अग्रता कायम गरेका अवस्थामा बिर्तामोडले उत्कृष्ट पुनरागमन गर्दै जितमा परिणत गरेको हो । खेलको ७ मिनेटमै चन्द्रगढीका देवराज दंगालले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा ४ मिनेटमा २ गोलको सामना गर्नु परेको थियो । बिर्तामोडका लागि मलिन लिम्बूले खेलको १३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । १७औँ मिनेटमा बिर्तामोडकै सूर्य टुडुले आकर्षक गोल गरेर २–१ गोल अन्तरको…

Read More

झापा, १२ असोज । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार असोज ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने, गोरखा जिल्लास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र…

Read More

अर्जुनधारा, १२ असोज । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमा को बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ । बिर्तामोडका धार्मिक व्यक्तित्व छविलदास वंशलले निर्माण गरिदिनुभएको पानीको फोहोरासहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गर्नुभएको हो । शिवप्रतिमा अनावरण कार्यक्रमका बीच निर्माणकर्ता छविलदास वंशललाई सम्मानपत्र, दोसल्ला र टोपी पहि¥याएर सम्मान गरिएको थियो । सम्मानपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले मात्रै ब्यक्तिलाई गन्तब्यसम्म पु¥याउने बताउनुभयो । राजनीतिको नेतृत्व गर्ने…

Read More

झापा, १२ असोज । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् । पत्रकार महासंघ झापाले आज बुधबार बिर्तामोडमा एक कार्यक्रमकाबीच फोटो पत्रकार जोशीलाई महासंघको झण्डा हस्तान्तरण गर्यो । महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाईं लगायतले जोशीलाई महासंघको झण्डा र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे । कार्यक्रममा उनलाई खादा पहि¥याएर हिमाल आरोहण सफलताको शुभकामना समेत दिइयो । फोटो पत्रकार जोशीले हिमाल आरोहणका लागि पत्रकार महासंघबाट आफूलाई उत्साह र ऊर्जा प्राप्त भएको बताए । तीन इजरायली, एक भारतीयसहित फोटो पत्रकार…

Read More