
अर्जुनधारा, १२ असोज । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमा को बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
बिर्तामोडका धार्मिक व्यक्तित्व छविलदास वंशलले निर्माण गरिदिनुभएको पानीको फोहोरासहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
शिवप्रतिमा अनावरण कार्यक्रमका बीच निर्माणकर्ता छविलदास वंशललाई सम्मानपत्र, दोसल्ला र टोपी पहि¥याएर सम्मान गरिएको थियो । सम्मानपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले मात्रै ब्यक्तिलाई गन्तब्यसम्म पु¥याउने बताउनुभयो । राजनीतिको नेतृत्व गर्ने ब्यक्तिहरुमा पनि धर्म र अनुशासनको कमी रहेको बताउँदै उहाँले धर्मप्रति आस्थावान मानिसले नीतिगत एवं आर्थिक भ्रष्टाचार नगर्ने धारणा राख्नुभयो ।
- admin


