
इलाम, २० साउन । इलामका चर्चित कलाकार मुकेश गुरुङ र डेब्यु कलाकार अंकिता अधिकारीको अभिनय रहेको नयाँ लोकगीत ‘तिरखाले खोली धाएको बोल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, सोनिया गोङ्बा र सन्तोष राईको स्वर रहेको छ। भिडियोको निर्देशन हिकास राईले गर्नुभएको हो।
म्युजिक भिडियोमा गाउँघरको मौलिक जीवनशैली, रहनसहन, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा चित्रण गरिएको छ। कलाकारहरूको सशक्त अभिनय र दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ।
उक्त म्युजिक भिडियो Dush Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक विषयवस्तु र नयाँ प्रस्तुतिका कारण गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।


