
ब्लकबस्टर फिल्म निरन्तर दिँदै आएको दीपक दीपाश्री टिमको ‘छ माया छपक्कै २’ असोज ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति अनधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
फिल्मको फष्टलुक्समा दिपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई देखिएका छन् । फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
दीपकराज गिरी र केकी अधिकारीको जोडीले अघिल्लो भागमा जस्तै यसपटक पनि ‘छ माया छपक्कै २’मा सामाजिक–राजनीतिक विकृतिमाथि हास्यव्यङ्ग्य पस्कनेछन् । दीपक–दीपाको ब्रान्ड र अघिल्लो भागको साखले गर्दा यो फिल्मलाई बक्स अफिसमा सुरक्षित मानिएको छ ।
Facebook Comments Box


