निशान निरौला
इलाम, ३० कात्तिक । एचकेआर इन्टरटेनमेन्ट (HKR Entertainment) को प्रस्तुतिमा नयाँ म्युजिक भिडियो ‘तिम्रै हुन खोज्दै छु म’ सार्वजनिक भएको छ। प्रेम, भावना र आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको उक्त गीतको भिडियो हिकस राईको निर्देशनमा निर्माण गरिएको हो।
गीतमा नन्दु गुरुङको स्वर रहेको छ भने शब्द दिनेश मण्डुले लेखेका हुन्। गीतमा तारावीर पाण्डेको संगीत रहेको छ। प्रेमिल भाव र आकर्षक शब्दलाई संगीतमार्फत अभिव्यक्त गरिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

सार्वजनिक भिडियोमा सन्देश खड्का र सञ्जिता धिमाल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको अभिनयमार्फत गीतमा समेटिएको प्रेम, समर्पण र भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
भिडियोको निर्देशनसँगै छायांकन र सम्पादनको जिम्मेवारीसमेत हिकस राईले सम्हालेका छन्। निर्देशन, छायांकन र सम्पादन तीनवटै पक्षमा राईको संलग्नताले भिडियोमा गीतको भावअनुसार दृश्य संयोजन गरिएको छ।
एचकेआर इन्टरटेनमेन्टको प्रस्तुतिमा सार्वजनिक भएको ‘तिम्रै हुन खोज्दै छु म’ ले नेपाली संगीतप्रेमी दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।



