
बिर्तामोड, ३ असोज । झापाको बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई दमकमा फेला परेकी छन् । उनी नौ दिनदेखि बेपत्ता थिएन् । परिवारले उनको खोजिदन आग्रह गरेका थिए । उनको खोजीका लागि झापा अनलाइनसहित विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका थिए ।
उनका दाजु सोमबहादुर राईले सबै सञ्चारमाध्यमलाई धन्यवाद दिनुहुँदै बहिनी फेला परेको बताउनुभयो । खोजी कार्यमा सहयोग गर्नुहुने सबैलाई उहाँले धन्यवाद दिनुभएको छ ।
Facebook Comments Box


