
सुनसरी, ३ भदौ । इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
आज बिहान ३ः०० बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
बरामद गरिएको गाँजासहित भोक्राहानरसिंह गाउँपालिका –०५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


