इलाम, ६ जेठ । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह त्या गरेकी छन्। इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह त्या गरेकी हुन्।
शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए।
उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अ नुसन्धानबाट खुलेको छ। घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ गडा भएको थियो फुलबहादुरको टाउकोमा चो ट देखिएको छ। टाउकोमा चि र्पट प्र हार गरेर ह त्या गरेको हुनसक्ने बताइएको छ।
“गहिरो चो ट नदेखिएका कारण धा रिलो ह तियार प्रयोग नभएको हो कि जस्तो छ, अ नुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भने। कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झ गडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ।
घ टनास्थलमा प्रहरी पुगेको छ। घटनाबारे थप अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ। रासस
- admin

