
झापा, २ भदौ । झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–१ का २९ बर्षीय मन कुमार राई र २६ बर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा धनकुटाको प्रहरी चौकी हिलेले सुनसरी बराहक्षेत्र नगरपालिका–२ का मनिष अधिकारी, अजय साह, भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका–५ का अर्जुन चौधरी र धनकुटा साँगुरीगढी–९ का प्रबिन राईलाई ९४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।


