
भद्रपुर, २४ फागुन । ११२ औं अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर भद्रपुर-१० स्थित चन्द्रगढी सेवा समाजले सम्मान सहित विविध कार्यक्रम सपन्न गरेको छ ।
समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा बृद्ध आमा तथा असल बुहारी सम्मान गरिएको हो । कार्यक्रममा बृद्ध आमाका रूपमा भद्रपुर १० की ७७ वर्षीया पुण्यकुमारी मैनाली र असल बुहारीका रूपमा भद्रपुर ७ की कल्पना ढकाल चापागाईलाई सम्मान गरिएको हो ।

सचिव देवीमाया अधिकारीको सञ्चालन र उपाध्यक्ष नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी र नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले शुभकामना मन्तव्य राख्दै नारीको सम्मानमा सवै जुट्नु पर्ने धारणा राखेका थिए ।
सोही अवसर पारेर समाजका संरक्षक सदस्य होमनाथ घिमिरेले संस्थाको दिगो आर्थिक व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यले एक लाख ११ हजार एक सय ११ रूपैया अक्षयकोष निर्माणका लागि आर्थिक सहयोग गरेका थिए भने शिवकुमार राजभण्डारीले पाँच हजार ५ सय ५५ र गणेश पौडेलले पाँच हजार एक सय अक्षय कोष निर्माणका लागि सहयोग प्रदान गरेका थिए ।
- admin


