
मेचीनगर, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर–११ ले बुधबारदेखि आफ्नै कार्यालयबाट पार्टीको काम शुरु गरेको छ ।
कार्यालयको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. १ का इन्चार्ज प्रकाश भन्डारी (संजोग) ले उद्घाटन भयो । कार्यक्रममा बोल्दै उहाँले सबै तहका नागरिकसँग पार्टीको बैचारिक र राजनीति अडानलाई बुझाउन कार्यालयको आवश्यक परेकोले कार्यालय स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा बिषेश अतिथि प्रदेश ‘ख’ संयोजक नरेन्द्र मेचे, नगर अध्यक्ष राजन चिमरीया, बद्रीनाथ फूयल, नगर सह–इन्चार्जहरु क्रमशः शान्तिराम चिमरिया, बाबुलाल सुब्बा, नगर उपसचिव कृष्णकौशल सिटौला,नगर सदस्य होमप्रकाश आचार्य, अविनाश धिताल, मोहन रसाईली, लक्ष्मी गौतम, पार्टीका युवा नेता खगेन्द्र सिग्देल, वड़ा नं–१४ अध्यक्ष मुनीलाल राजवंशी, विष्णु चौधरी, जगत ल्वागुन, वाइसीएलका विद्यार्थी नेताको सहभागिता रहेको थियो । रामकुमार रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचीव चन्द्रबहादुर बर्देवाले गरेका थिए ।



