
हल्दिबारी, २३ बैशाख । आम नागरिकको भविष्यमा आफ्नो भविष्य देख्ने सहकारी अभियन्ता, अध्ययनशील र तार्किक युवा नेता भवानीप्रसाद दंगाल (भानु) को परिचय यतिबेला फेरिएको छ । सहकारी अभियान मार्फत नागरिकलाई आत्मनिर्भर बनाउँदै आय–आर्जनको बाटोमा जोड्ने कामलाई केही दिन थाती राख्दै उनी यतिबेला अलग गेटअपमा आम हल्दिबारीबासीको घरदैलोमा पुग्दैछन् ।
हिजो सहकारी मार्फत सदस्यहरुको सेवामा लागेका भानु केही समययता दश औंला जोडेर मत माग्न व्यस्त छन् । यो उनको फेरिएको परिचय हो । त्यही परिचयको मेसोमा अकोर् परिचय थपिदैछ, उनको । हल्दिबारी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) बाट अध्यक्षको प्रत्याशीका रुपमा ।
यही ३० गते हुने स्थानीय तह निर्वाचनको परिणाम नआउँदासम्म उनको यो परिचयमा कसैले धावा बोल्न सक्दैन । परिणाम आएपछि विजेता बने भने हल्दिबारी गाउँपालिकाको अध्यक्ष, र नभए पनि परिचयको सिलसिलेवार श्रृंखलामा उनलाई समाजले अकोर् ढंगबाट चिन्छ, हल्दिबारीका उपविजेता अध्यक्ष ।
यो भानुको वर्तमानको परिचय हो । यो भन्दा पनि उनी परिचित छन्– दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियापछि उनले निर्वाह गरेको सत्कर्मले । युद्ध बाध्यता थियो, अहिले विकास बाध्यता भएको छ– अध्यक्षका प्रत्याशी भानु भन्छन्, चुनावमा हारजीत हुुन्छ, हल्दिबारीको विकासमा भिजनसहित लागेको छु, मतदाताको विश्वास जितेर स्थानीयको सेवामा लाग्ने मेरो लक्ष्य छ ।
भानु सानै उमेरमा राजनीतिमा होमिए । हल्दिबारी मा.वि.मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटीबाट २०४९ सालमा राजनीति यात्रा शुरु गरेका उनी आजसम्म व्यवसायसँगै राजनीतिमा अनवरत लागिरहेका छन् । २०५२ सालमा मेची क्याम्पस भद्रपुरको प्रारम्भिक कमिटीको सदस्य हुँदै २०५४ सालबाट माओवादीमा प्रवेश गरेका भानुले २०५६ सालमा माओवादी पार्टीको सदस्यता प्राप्त गरे । २०५८ सालमा माओवादी निकट शिक्षक संगठन झापाको संस्थापक–अध्यक्ष भएका भानुले २०५८–२०६३ सालसम्म भूमिगत जीवन बिताए ।
२०६३ सालदेखि २०६५ सालसम्म शिक्षण पेशा गरेका उनले २०६५ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरेका हुन् । झापा बिर्तामोडको कर्णाली सहकारीमा ३ वर्ष सचिवको भूमिका निर्वाह गरेपश्चात् भानुको नेतृत्वमा २०६९ सालमा स्थापना भएको हाम्रो नेपाल साकोस नामक सहकारी संस्था आज प्रदेश नं– १ को छैठौं ठूलो सहकारी संस्था बनेेको छ ।
सिर्जनशील, बौद्धिक र निडर स्वभावका दंगालको सामाजिक र राजनीतिक लगावको दर्विलो उदाहरण छ । झापा जिल्ला सहकारी संघको सह–सचिव, सचिव हँुदै अहिले उनी प्रदेश सहकारी संघको सचिवका रुपमा क्रियाशील छन् ।
सामाजिक संघसंस्था र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका भानुले हल्दिबारीको सामाजिक, आर्थिक, भौगोलिक लगायतका पक्षलाई मसिनो ढंगबाट बुझेका छन् । हल्दिबारीमै जन्मेर आजसम्मको अवस्थालाई नियालेका उनले भविष्यमा विकासका लागि कस्तो योजना ल्याउनुपर्छ भन्ने पनि बुझेका छन् ।
प्रत्येक वडामा शीत भण्डार निर्माण गनेर्, स्थानीय सरकारले किसानको उत्पादन खरीद गरिदिने, त्यसलाई ब्राण्डिङ गरिदिने तथा बिक्री वितरण समेतको जिम्मा लिने र कृषि एवम् पर्यटन मार्फत नै विकासको दिगो आधार खोज्ने उनको योजना छ । हल्दिबारीमा रिङरोड, खेल मैदान निर्माण, पालिकाभित्रका सबै सडकको स्तरोन्न्ति गदैर् कालोपत्रे गनेर्, बहुसांस्कृतिक संग्रहालय निर्माण गनेर् लगायतका विकास निर्माणका काम उनको प्राथमिकतामा छन् ।
पार्टी पद्धति र सिद्धान्तमा उनी उडिग छन्, विकास निर्माणमा उनको ध्यान त्यति नै केन्द्रित छ । अबका् काम नै विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउने हो र विकाससँग जनता जोडिनु पर्छ, उनले मेचीखबरसँग भने, ‘मैले हल्दिबारी गाउँपालिकाको अध्यक्षको उम्मेदवारका रूपमा मेरो प्रतिबद्धता पत्रमा जुन वाचा गरेको छु, निर्वाचित भएपछि ती सबै अक्षरशः पालना गनेर् छु ।’



