
झापा, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।
उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो ।
राईलाई मत दिने पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् ।
Facebook Comments Box
- admin


