
झापा, २२ फागुन । भारत सरकारले युक्रेनबाट आफ्ना नागरिकसँगै एक नेपाली नागरिकको पनि उद्धार गरेको छ।
युक्रेनसमेत हेर्ने जिम्मा पाएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार नेपालका रोशन झाको भारतको सरकारी टोलीले उद्वार गरेको हो। उनी महोत्तरीको बर्दिबास नगरपालिका–१३ का बासिन्दा हुन्।
संकटग्रस्त युक्रेनमा रहेका झा अन्य नेपालीसँगै पोल्याण्ड पुगेका थिए। युद्ध शुरु भएदेखि नै झा युक्रेनस्थित भारतीय समुदायसँग सम्पर्कमा थिए।
Facebook Comments Box
- admin


