
काठमाडौँ । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार व्यहोरेको छ । त्यस्तै, जावलाखेल युथ क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित भयो । अर्को खेलमा जावलाखेलले एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए भने खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाएका हुन् । संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय बेहोरको पुलिस अंकविहीन छ ।
Facebook Comments Box


