
अर्जुनधारा, २५ फागुन । अर्जुनधारा नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी तीन जना जग्गादातालाई सम्मान गरेको छ ।
अर्जुनधारा–९ नम्बर वडा कार्यालय र शनिश्चरे अस्पतालको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने तीन जनालाई सम्मान–पत्र सहित सम्मान गरिएको नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ राज्यमन्त्री धर्मशीला चापागाँईले जग्गादातालाई सम्मान गरेका थिइन ।

वडा कार्यालय र शनिश्चरे अस्पताल निर्माणार्थ स्थानीय मित्रबहादुर खड्का, अग्नीप्रसाद संगौला , खेम प्रसाद बराल ,चुडामणी बराल , पारसमणी बराल कृष्णप्रसाद बरालले जग्गाा उपलब्ध गराएका थिए । खड्काले २ कठ्ठा, संगौलाले १ कठ्ठा जग्गा वडा कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए भने शनिश्चरे अस्पताल निर्माणका लागि बराल परिवारले १ बिघा ५ धुर जग्गा उपलब्ध गराएका थिए ।

वडाको समग्र विकास बारे वडाध्यक्ष पुष्पकुमार प्रसाईले विवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी सहित अन्य दलहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत नगर उपप्रमुख कमला आचार्यले गरेकी थिइन् । भने सञ्चालनमा वडा सचिव मुना नीरौलाले गरेकी थिइन् ।
- admin


