
तित्रा
‘नेपालमा कोरोना भाइरस आउँदैन भनेर म ढोल पिटेर हिंड्दैछु, तर पनि यी दुनियाँले किन पत्याउँदैनन् ? आउँदैन, साँच्चै आउँदैन । यो म बोलेको होइन, मेरो असी वर्षे अनुभव बोलेको । जस–जसले जे–जे भने पनि नेपाली हामी अरु–अरुका तुलनामा तगडा छौं । अरुलाई हेनैर् पदैर्न, मलाई नै हेरे पुगिहाल्छ । मेरो असी वर्षे जीवनयात्रामा औलो आयो–गयो । बिफर आयो–त्यो पनि हारेर फर्कियो । अनेक किसिमका हैजाहरू असारे भेल झैं आए–गए । मलेरिया लगायत अनेक प्रकारका अंग्रेजीफ्लूहरूको पनि भुमरी पर्यो । ती पनि सबै आफैं हराए । मेनेन्जाइटिस आयो, इन्सेफ्लाइटिस आयो; तर आफैं बिरामी भएर फर्कियो । डेङ्गुले हार खाएकै हो । अकोर् इबोला र सार्स भन्ने पनि आएको थियो अरे, एकै रात बास नबसी फर्कियो । भएभरका रोगहरू आउँदै फर्किंदै गरेका ठाउँमा कोरोना चाहिं के खान आउँथ्यो ? चानमरुवाको जरो, निमपत्तीको झोल, चिराइतो, गुर्जाे, तीतेपाती, बेसार, खिर्राको बोव्रmो, भिक्मा……यस्तै कलविष तीतो जडीबुटी औषधि भएका ठाउँमा कोरोना काल खोज्दै किन आउँथ्यो र !’ भन्दै माइलाबा आएर आसन जमाएर गफ जोत्न थाले ।
मैले भनें– कोरोना नआउञ्जेल ठूल्ठूला गफ गदैर् हिंड्नु, आएपछि चैं थाहा पाउनु होला ! कोरोनाले सबैभन्दा पहिले तपाईंजस्ता बुढाहरूलाई ताक्छ अरे भनेको सुन्दैछु । तपाईंको निमपत्ती, तीतेपाती, गुर्जाेले कति थाम्ने हो ! साबुन–पानीले हातगोडा छिन–छिनमा धुनु भनेको छ, तपाईंका खुट्टा हेर्दा महिनौंदेखि पानी नदेखेका जस्ता छन् । हात पनि उही भात खाएर चुठ्ने बेलामा मात्रै होला धुने ! अलिक होश गर्नुहोस् है माइलाबा ! कोरोनाले बढार्ला ।
त्यति सुनेपछि माइलाबा अलिक चड्किएर बोल्न थाले– ‘कस्तो कुरा गर्छस् होउ केटा ? हात धुनु त धुनु नि, रित्तो हात कति धुनु ? कि भात–खाजा खाएर धुनु, कि भाँडा माझेर धुनु, कि घर लिपेर धुनु, कि रोपाइँ गरेर धुनु, उस्रठ्ठमा के धुनु ? जुत्ता–चप्पल लाएको गोडा त के धोइराख्नु पर्ला र ! नुहाएको बेलामा आफैं धोइन्छ । हात–गोडाका कुरा यिनै हुन् । अब रह्यो खानेकुरा । कोरोनाका भाइरस ठहरै हुने किसिमका खानेकुरा हामी खाइरहेकै छौं । हामीले खाएको अकबरे र राँगे खोर्सानी कोरोनाको पुच्छरमा लाग्यो भने ठाडोपुच्छर लाएर बेत्तोड भाग्छ । सत्तरी÷असी केजीको मान्छेलाई त एक ढिँडी अकबरेले तीन त्रिलोक–चौध भुवन देखाउँछ भने आँखैले नदेखिने भाइरसको के गति होला ? आफै विचार गर् न ! म त खोर्सानीकै खाजा खाने मान्छे पो त !…’
‘…बिहान–बिहान निमपत्तीको झोल, खानासँग एक–एकवटा अकबरे, बेसार, अदुवा, ज्वानो, मेथी हालेको तर्कारी, मुखमा राखेर कुटुकुटु खाइरहने बोजो, टिमुरको अचार, धनियाँ, जीरा, कालोजीरा……आदि छाकैपिच्छे खाइन्छ । खैनीले दाँतका कीरा मार्छ भन्छन्, हो त्यो अटुट खाइन्छ । गिठ्ठा भ्याकुर आलु पिँडालु केही बाँकी राखिंदैन । दिउसो तिर्खालाग्दा कान टनन बज्ने किसिमको अमिलो मोही, चुक हालेको थेबे… इत्यादि जण्ड–जण्ड खानेकुरा खाएपछि त्यो कोरोनाले शरीरमा प्रवेश गर्यो भने पनि कसरी सहन्छ ? म बुढो मान्छे त्यो हड्डी नै मकाउने किसिमको चाउचाउ, बिस्कुट अन्य बजारे पाकेटका खानेकुरा खान्न, कडा–कडा चिज खाएपछि कसरी लाग्छ कोरोना ?’
मैले पनि– लु त्यसो होइन है माइलाबा ! भाइरस भनेको के हो, यो कस्तो हुन्छ, यसले केसम्म गर्न सक्छ भन्ने ज्ञान तपाईंलाई छैन । डाक्टरहरूले भनेका कुरा अलिक सुन्नुहोस् ! उनीहरूले भनेअनुसार गर्नुहोस् ! साबुन–पानीले हात–खुट्टा बारम्बार धुनुहोस्, नाक–मुख छोपिनेगरी पट्टी बाँधेर हिंड्ने गर्नुहोस् ! तपार्इंका मरमसला र खोर्सानीले केही हुनेवाला छैन । अकबरेका कुरा गरेर दुनियाँलाई रनभुल्लमा नपार्नुहोस् ! कोरोना भाइरसले संसारलाई निल्न आँटेका बेलामा लाटो बुज्रुग्याइँले केही हुँदैन… भन्दिएको बुढा आरनबाट झिकेर पिट्न तयार पारिएको फलामजस्तै रनक्कै रन्किएजस्ता देखिए ।
तर, फेरि शान्त भएर उनले भने– ‘मेरो गफ गर्ने साथी कोही छैन । बुढीसँग कति कुरा गर्नु, के कुरा गर्नु ? मेरा कुरामा अलिक झर्काेफर्काे पनि गर्छे । त्यसैले म तँसँग गफ गर्न आएको । तँ पनि बुढो नआइदिए हुन्थ्यो जस्तो गर्छस् । मेरा कुरा त तँलाई विश्वासै लाग्दैन । तैंले भनेका कुरा पनि मलाई केटाकेटी कुराजस्तो लाग्छ । फेरि मभन्दा तैं जान्ने हूँ झैं गर्छस् । हैन यो बुढाले के भन्यो भनेर अलिकति पनि गम्भीर हुँदैनस् । आफूभन्दा ठूलाबडा जेठापाकाले भनेको कुरा, दिएको अर्ती चट्चटी काट्छस् । तेरो मति किन बिग्रिएको हँ…? तँ मलाई हात–खुट्टा धुनु भन्छस् । के म त्यत्ति पनि गर्दिन होला त ! प्रत्येक दिन बिहान नुहाउँछु, लुगा फेरेर भात खान्छु, मासुमंस जाँड–रक्सी यो उमेरसम्म मुखमा परेको छैन । न्यासध्यान गर्छु, अल्छे भएर घरमा बस्तिन । बुढै भए पनि निकै रोगब्याध पचाउने आफूमा क्षमता छ भन्ने भरोसा छ ।…’
‘…हाम्रा पितापुर्खाहरूले राम्रै खानेकुरा खान सिकाएर गएछन् जस्तो लाग्छ । रोगब्याध फैलिएपछि काठमाडौंमा बस्तै गरेका मान्छे अतालिएर गाउँ जिल्ला फाल हाने झैं म आत्तिएको अतालिएको पनि छुइन । रेडियोले भनेका कतिपय कुरा त गर्न सकिंदो रहेनछ नि होउ केटा ! हात नाक–मुखमा नलैजानु भन्छ । भाडामै मुख गाडेर भात खान सकिएन, हात मुखमा लानै पर्यो । फेरि जुन दिनदेखि आँखा नाकमा हात नलानु भन्ने सुनें, त्यही दिनदेखि आँखा चिलाएर र नाक सक्सकाएर खप्नु छैन । यसो माडमुड नगरेर के गर्नु ?’
भातको भाडामै मुख गाड्ने कुराले मलाई खितित्तै हाँस उठ्यो । अनि भनें– कसले तपाईंलाई गाई–गोरुले जस्तो भाडामै मुख गाड्नु भनेको छ र ? साबुन–पानीले नधोइकन हात नाक–मुखमा नलानु भनेको पो त ! प्रायः सबै मान्छेको हातले आँखा नाक मुख गाला सुम्सुम्याउने माड्ने बानी नै हुन्छ, त्यही भएर फोहोर हातले नछुनु, धोएको सफा हातले मात्रै छुनु, छिन–छिनमा हात धुनु, बाहिर कतै गएर आउनेबित्तिकै साबुन–पानीले हात–गोडा धुनु भनेको नि । त्यति गर्न सकिंदैन र ?
बाबैले भने– ‘सकिन्छ, किन सकिंदैन, रेडियो पत्रपत्रिकाले भनेजस्तै गरिरहेकै छु । घरैमा बसिरहन चाहिं साहृै दिक्क लाग्छ होउ केटा ! त्यो मोबाइल खेलाउन मलाई पनि सिका न ! मोबाइल खेलाउनेहरूलाई भोक–निन्द्रा पनि लाग्दैन, त्यसैमा लठ्ठ परेर दिन–रात बिताउँछन् अरे । के छ त्यसमा त्यस्तो कुरो ? नानीका आमाले नानी रोएको पनि थाहा पाउँदैनन्, कतिले तर्कारी भात डढेको पत्तो पाउँदैनन् । कत्ति मान्छे बल्टु खुस्केको जस्तो एक्लै बात मादैर् हिंड्या पनि देख्छु । साना नानी केटाकेटीहरू मोबाइल भनेपछि मरिहत्ते गर्छन् । धेरै मान्छेले एक छाक आधा पेट खाएर आफू टाक्सिएरै भए पनि मोबाइल किनेरै छोड्छन् । चलाउन जान्नेहरूले यो कोरोनाको कुरो सबै त्यसैमा हेर्दा रहेछन् । आफू त कि रेडियो, कि पत्रिका ! छिटै जन्मिएर बर्बादै भइयो नि होउ !’
फेरि पनि बुढा बोलिरहे– ‘अघि त्यो अकबरे राँगे खोर्सानी र मरमसलाका कुरा त तैंले के भन्दो रैछस् भनेर पो भनेको त ! मैले जत्तिभन्दा पनि तँ डग्मगाइनस् । हो, त्यस्तै हुनुपर्छ चाहिंदा कुरामा । असी नै वर्ष पुगे पनि कसलाई मनेर् मन हुन्छ र ! म तँभन्दा होशियार छु । त्यसैले आँगनको पल्लो छेउमा बसेर गफ गदैर्छु । कम्तीमा पनि पाँच–छ फिट वरपर बस्नु पर्छ भनेर पत्रिकामा लेख्या छ । तर, एउटा कुरा चाहिं मलाई साह्रै चित्त बुझेको छैन । चुनावका बेलामा गन्जी कट्टु सारी मात्रै होइन, साइकल र मोटरसाइकल समेत बाँडेर, भोज खुवाएर भोट माग्ने नेताहरूले यो बेलामा मुखमा लाउने राम्रो खालको माक्स पनि बाँडिदिए हुन्थ्यो नि, कति नै पथ्योर् र; तर खै… ?’
बाबै बहकिन छोडेनन्– ‘यो अपराधी कोरोना अहिलेसम्म चाहिं हाम्रो देशमा छिरेको छैन । पशुपतिको देश हो, नछिरोस् पनि ! हामी एक भएर, इमानदार भएर, होशियार भएर कोरोनाका विरुद्ध भिड्ने हो भने छिदैर्न पनि ! कोरोना देसान्को हल्ला जोडतोडले हुन थालेपछि हाम्रो देशमा दिनदिनै छिनछिनै भइरहने भ्रष्टाचारका हल्लाखल्ला डढेलोमा पानी परे झैं निभेको छ । होइन भने रेडियो र पत्रिका सुनिसक्ना पढिसक्ना थिएनन् । अकोर् कुरा, पार्टीहरू बीचका ठूला–लाउके–जुंगे नेताहरूको गुट–उपगुटका भाले जुधाइ पनि अहिले शान्त छ । कम्तीमा पनि देश संकटमा गुज्रिरहेका बेलामा भ्रष्टाचार नगर्नु, सबै मिल्नु राम्रो कुरा हो । बहत्तर सालका भूइँचालाको बेलामा जस्तो कोरोनाको महामारीका नाउँमा लोभी–पापीहरूले यसपालि चाहिं चरित्र प्रदर्शन नगर्लान् नै, विश्वास गरौं ! छिट्फुट रूपमा देखापरेका मानवीय मन नभएका, द्रव्यपिशाच, दुष्ट, आफू पनि कुनै दिन मर्छु भन्ने बिर्सिएका, देशद्रोही, जनताका शत्रु केही व्यापारीहरूले आफ्नो चरित्र प्रदर्शन गरेको कुरा रेडियोले सुनायो, पत्रिकाले लेख्यो । यो बाहेक अरु ब्रह्मलूटका समाचार अहिलेसम्म सुनेको छैन । सुन्नु–पढ्नु पनि नपरोस् ।’
हैन होउ माइलाबा ! तपार्इं यत्ति जान्ने, सचेत, परिस्थितिको मूल्याङ्कन गर्न सक्ने, देश दुनियाँ संसार बुझेको मान्छे, कोही–कोही बेला चाहिं किन अलिक बहकिएर, बतासिएर कुरा गर्नुहुन्छ हँ…? भाइरसको पुच्छरमा अकबरे खोर्सानी दल्दिएर ठाडो पुच्छर लगाएर भगाउने जस्तो उट्पट्याङ गफ गर्न कसरी आउँछ ? नहुने कुरालाई पनि झण्डै–झण्डै हो जस्तो पार्नु हुन्छ त ! कस्ता–कस्ता रोग आए÷गए, कोरोना पनि जान्छ भनेर सजिलै भन्नुहुन्छ त ! कति हल्का रूपमा लिनुभएको ?
अनि जवाफमा– ‘तँ जस्तै कोरोनाको डर त्रास चिन्ताले जिंग्राएर बसेका मान्छेको मानसिक उपचार गरेको नि ! त्यत्ति पनि बुझ्दैनस् ? यस्ता बेलामा मान्छेको मनलाई हलुका बनाइदिनु परेन ? मान्छे दिनमा एकपटक दिल खोलेर हाँस्ने गर्यो भने स्वस्थ बन्छ । कसैको डर र चिन्ताले मात्रै कोरोनालाई थाम्छ ? होशियार बन्ने कुरो आफ्ना ठाउँमा छ, तर मान्छे धेरै निराश कुष्ठित भएर बस्यो भने एक्लै बर्बराउन थाल्छ । त्यसैले म गाउँघरमा गएर उटाङ गरेर मान्छेलाई रमाइलो गराउने, मनका पीर–वेदना–औडाहालाई हल्का पार्ने काममा स्वयम्सेवककै रूपमा भए पनि खटिरहेको छु । म जस्तो मान्छेलाई सरकारले तलव त होइन, पारितोषिक दिए फरक पदैर्न । यो मनोचिकित्सा हो ! तँ नाथेसँग यस्ता कुरा के गराइ भो र…’ भनिराखेर बुढा उठेर आज आफ्नो बाटो लागे । मेचीखबर साप्ताहिकबाट


