
झापा, २२ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताए । स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’
प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘ बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले भने अर्ली इलेक्सनमा जान नसक्ने धारणा राखे । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।
एमाले नेता सुवास नेम्वाङले भने विगतमा आफूहरु अर्ली इलेक्सनको पक्षमा भए पनि अब भने सरकारले निर्णय गरेमा पनि आफूहरु सोच्न बाध्य हुने बताए ।



