
झापा, ३ जेठ । झापा कनकाई नगरपालिका–३ सुरुङ्गाबाट छोरी बलात्कारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा आमा नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक पदमसुन्दर लिम्बूको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार बेलुकी ती पुरुषलाई घरबाटै पक्राउ गरेको हो ।
प्रहरीले ती अभियुक्तको घरबाट १२ थान बन्दुकको गोली समेत बरामद गरेको छ । अभियुक्तलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनलाई हाडनाता करणी र हातहतियार खरखजानाको मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- admin

