
विराटनगर, २३ असार । स्थानीय युवा, स्काउट तथा स्वयमसेवकसँगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिवसीय कार्यक्रमको समापन बिहीबार प्रदेश नं. १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गनुभएको हो ।
कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिचालन गर्नका सरकारकै स्रोत साधनले जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्काउटलाई राजनीतिकरण नगरी विशुद्ध सामाजिक कार्य, सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्घाटन बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले स्काउटले स्काउटका मर्म भावना अनुसारका काम गरी आफू सभ्य भएर सभ्य समाज हुँदै सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन् ।
- admin


