बिर्तामोड, १ चैत । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरीमा बसको ठक्करबाट सोमबार राति एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम सूर्योदय नगरपालिका–१ सिर्जन टोलका ३९ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राईलाई सोमबार राति ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पु¥याइए पनि चिकित्सकले बाटोमै मृत्यु भइसकेको जनाएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको छ भने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस, बस चालक रुपन्देही बुटवल–९ कय ५२ वर्षीय पूर्णबहादुर पौडेल इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
- admin


