
काठमाडौँ, १ मंसिर । काठमाडौंको कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीलाई यौन शोषण गरेको आरोपमा मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।
गुल्मी घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुराग द्धिवेदीले बताए । गत बैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया एक किशोरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य गराएका थिए । कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पारेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी द्धिवेदीले जानकारी दिए । सो घटनामा संलग्न अरु दुईजना फरार छन् । रातोपाटीबाट
Facebook Comments Box
- admin


