
बिर्तामोड, २२ भदौ । झापाको बिर्तामोडबाट प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक आठांै बर्षमा प्रवेश गरेको छ ।
२०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक साताको मंगलबार प्रकाशित हुँदै आएको छ । पत्रिकाले अनलाइन संस्करण बिर्ताज्योति डटकम समेत सञ्चालन गर्दै आएको छ ।
प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।
बिर्ताज्योति साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेको छ ।
Facebook Comments Box
- admin


