
बलिउड अभिनेता अमिताभ बच्चन नेपाली ढाकाटोपीमा सजिएका छन्। चलचित्र ‘उचाइ’सुटिङका क्रममा अमिताभले नेपाली ढाकाटोपी लगाएका हुन्। नेपालमा केही दृष्य छायांकन भएको यो चलचित्रको अहिले नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा छायांकन भइरहेको छ।
केही महिना पहिले नेपालमा छायांकन भएको यो चलचित्रको सुटिङमा अमिताभ नेपाल आउन पाएनन्। उनी स्वास्थ्य अवस्थाका कारण नेपाल आउन नपाएका हुन्।
फिल्म छायांकनका क्रममा ढाकाटोपी लगाएका उनले इन्स्टाग्राममा उक्त तस्बिर सार्वजनिक गरेका छन्। इन्स्टाग्राममा अमिताभले नृत्य गर्न लागेको तस्बिर सार्वजनिक गरेका हुन्।
सुरज वर्जत्यको निर्देशनमा छायांकन भैरहेको चलचित्र ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी लगायत कलाकारले अभिनय गरिरहेका छन्।
Facebook Comments Box



