बिर्तामोड, २२ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगालागी भएको छ ।

बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दुध व्यवसाय गर्दै आएकाहरु डेरा गरी बस्दै आएका थिए ।

आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको बारुण यन्त्र परिचालन भएको थियो भने आगलागी शुरु भएको एक घण्टाभित्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताउनुभयो ।

तस्वीरः नवेश गुरुङ/ धड्कन शर्मा झ
Facebook Comments Box
- admin


