
बिर्तामोड, २४ फागुन । नेकपा एकीकृत समाजवादीले बिर्तामोड नगर क्षेत्रका सबै वडामा आफ्नो कमिटी गठन गरेको छ । झापामा कमिटी विस्तार अभियान अन्तरगत पार्टीले बिर्तामोडका सबै वडामा कमिटी गठन गरेको हो ।
यता, पार्टीको बिर्तामोड वडा नं. ५ को वडा कमिटी पुराना बामपन्थी नेता हर्क कुवरको अध्यक्षता बनेसँगै वडा कमिटीले पूर्णता पाएको छ । नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार अब भातृ संगठन निर्माण र निर्वाचन केन्द्रीत कार्ययोजना तय गरेर पार्टी अगाडि बढ्ने छ ।
उहाँका अनुसार यस अघि बिर्तामोडमा युवा संघ, अनेरास्ववियुलगायतका नगर कमिटी बनिसकेको छ भने अब अनेमसंघ, किसान, शिक्षक, मजदुर र दलितका नगर कमिटी गठन गर्ने योजना छ ।
यसै योजना अनुसार २ हजार संगठित सदस्य र ५ हजार पार्टी सदस्य बनाउने तयारी गरिएको र स्थानीय चुनावमा पार्टीका लागि घरघरमा पुगेर भोट माग्ने टिम तयार गरिएको छ ।
झापाका १५ स्थानीय तह मध्ये बिर्तामोडले सबै वडा कमिटी निर्माण गरिसकेको जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनु भयो । जिल्लाभर कमिटी गठन, बिस्तार र चुनाव केन्द्रित अभियान थालिएको उहाँले बताउनु भयो । अब हरेक टोलमा कमिटी बन्नेछन्, सिग्देलले भन्नुभयो, कमिटी बिस्तारसगै भोट माग्न थालिने छ ।



