
झापा, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक दिनलाई सरेको छ। पुसमा भएको आठौँ महाधिवेशनपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन। उक्त प्रयासमा कुरो नमिलेपछि बैठक स्थगित भएको हो।
माओवादीले अमेरिकी सहायता सम्झौता एमसीसीमा पनि पनि साझा धारणा बनाउन नसकेपछि बैठक सरेको हो। शुक्रबार राष्ट्रियसभा गृहमा सुरु गरिएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी रोकिएको थियो। तर आइतवार बिहान ११ बजे पनि बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो।
तर सोमबार ११ बजे बैठक बस्ने गरी बैठक सरेको माओावादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्माले बताइन्।
Facebook Comments Box



